PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'लाल सिंह चड्ढा'को सेटबाट बाहिरियो आमिरको यस्तो लुक्स



'लाल सिंह चड्ढा'को सेटबाट बाहिरियो आमिरको यस्तो लुक्स

मुम्बई : बलिउड अभिनेता आमिर खान यति बेला फिल्म 'लाल सिंह चड्ढा'को सुटिङमा व्यस्त छन्। हालै 'लाल सिंह चड्ढा'को सेटबाट आमिरको नयाँ लुक्स सार्वजनिक भएको छ।

तर अफिसियल रुपमा नभएर आमिरको फ्यान पेजबाट सुटिङको दौरान खिचिएको तस्विरहरु सार्वजनिक भएका हुन्। सार्वजनिक तस्विरमा आमिर खुल्ला लामो कपाल र लामो दारीमा देखिएका छन्।

त्यसो त केही साता अघि मात्र आमिरले फिल्म 'लाल सिंह चड्ढा'को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए। आमिरले सेयर गरेको तस्विर र उनका फ्यानहरुले सेयर गरेको तस्विरमा उनी फरक फरक लुक्समा देखिएका छन्।

यसअघि उनले आफ्नो 'सरदार लुक्स' सार्वजनिक गरेका थिए। जसलाई उनको फ्यानहरुले निकै रुचाए। यो फिल्ममा आमिर ५४ वर्षीय वृद्धको भूमिकामा प्रस्तुत हुँदै छन्। 

आमिर अभिनित पछिल्लो फिल्म 'ठग्स अफ हिन्दुस्तान' फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका थिएनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell