PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कंगनाभन्दा पहिला करीनालाई आएको थियो 'क्वीन'मा लिड रोलको अफर



कंगनाभन्दा पहिला करीनालाई आएको थियो 'क्वीन'मा लिड रोलको अफर
फोटो : hindustantimes.com ।

मुम्बई : बलिउड अभिनेत्री करीना कपूर खानले आफ्नो लामो फिल्मी करियरका दौरान फरक-फरक किसिमका फिल्महरुमा अभिनय गर्नुको साथै कतिपय फिल्मको अफरलाई रिजेक्ट समेत गरेकी छिन्।

हालै फिल्मी करियरलाई लिएर करीनाले एउटा खुलासा गरेकी छन्। करीनाले २०१४ मा रिलिज भएको फिल्म 'क्वीन'मा कगना रनौतलाई भन्दा पहिले आफूलाई अफर आएको खुलासा गरेकी हुन्

'क्वीन'का निर्देशकले उनलाई उक्त फिल्ममा लिड रोलको लागि अफर गरेको करिना बताँउछिन्।

उनी भन्छिन्, 'म कहिल्यै पछाडि फर्केर हेर्दिनँ। यदि मैले कुनै फिल्मको अफर रिजेक्ट गरेको छु भने त्यो रोल मलाई मन नपरेर नै हो। त्यसैले मलाई कहिल्यै पनि कुनै फिल्म रिजेक्ट गरेकोमा दुःख लागेन।'

साथै करीना यति बेला अभिनेता अक्षय कुमारसँग फिल्म 'गुड न्यूज'को प्रोमोसनमा व्यस्त छिन्। 'गुड न्यूज' फिल्म डिसेम्बर २७ मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell