PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेकपाले मंसिर २९ गतेलाई डाक्यो स्थायी कमिटीको बैठक



नेकपाले मंसिर २९ गतेलाई डाक्यो स्थायी कमिटीको बैठक
फोटो : रासस।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेदेखि बस्ने भएको छ। आज बसेको सचिवालय बैठकमा सो निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक २९ गते ११ बजेबाट शुरु हुने श्रेष्ठले बताए। पार्टीको स्थायी कमिटी बैठक २ दिनसम्म चल्ने उनको भनाइ छ।

अघिल्लाे सचिवालय बैठकले उपनिर्वाचन भएका स्थानकाे कमिटीलाई २२ गतेभित्र समीक्षा रिपाेर्ट पठाउन भनेपनि सबै ठाउँबाट नआएकाले आज बसेको बैठकले ५ दिनभित्र रिपोर्ट पठाउन निर्देशन दिएको छ। त्यस्तै आजको बैठकमा केन्द्रीय सल्लाहकार कमिटी, जेष्ठ कम्युनिस्ट मञ्च, निर्वाचन आयाेग लगायतका प्रमुख उपप्रमुखहरुको पूर्णताका लागि ७ दिनभित्र महासचिवमार्फत पठाउने निर्णय भएको छ।

साथै पार्टीको कर्णाली प्रदेश सचिवबाट माया प्रसाद शर्माले दिएकाे राजीनामा अस्वीकृत गरी यथावत काममा फर्कन निर्देशन समेत दिएको छ। अर्काे सचिवालय बैठक २७ गते बस्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell