PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिन्दूर-पोतेमा सजिएकी केकी



सिन्दूर-पोतेमा सजिएकी केकी

काठमाडौं : अभिनेत्री केकी अधिकारी यति बेला फिल्म 'झिंगे दाउ'को सुटिङमा व्यस्त छिन्। 'झिंगे दाउ'को सुटिङ सेटबाट केकीको नयाँ लुक्स बाहिरिएको छ।

सार्वजनिक भएको तस्विरमा उनी गाँउले गेटअपमा देखिएकी छिन्। सिँउदोमा सिन्दूर, रातो टिका, हरियो पोतेमा सजिएकी केकी उक्त तस्विरमा ऐना हेर्दै मुस्कुराइरहेकी देखिन्छिन्। तस्विरबाट फिल्ममा केकी विवाहित महिलाको भूमिकामा देखिने अनुमान गर्न सकिन्छ।

यसअघि फिल्म 'झिंगे दाउ'कै सेटबाट आँचल शर्माको पनि गाँउले गेटअप बाहिरिएको थियो। 

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशित रहेको यस फिल्ममा केकीसँगै आँचल शर्मा र मुकुन भुषाल मुख्य भूमिकामा छन्। भकुन्डेबेसीमा छायांकन भइरहेको 'झिंगे दाउ'लाई विष्णु कल्पितले खिचिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell