PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'जलपरी' गौरिका सिंहलाई चौँथो स्वर्ण, रेकर्डपछि रेकर्ड



'जलपरी' गौरिका सिंहलाई चौँथो स्वर्ण, रेकर्डपछि रेकर्ड

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्विमिङमा गौरिका सिंहले चौँथो स्वर्ण जितेकी छिन्। महिला तर्फ १०० मिटर फ्रिस्टाइल स्विमिङ गौरिकाले स्वर्ण पदक हात पारेकी हुन्।

उनले निर्धारित दुरी ५८.१३ सेकेन्ड समयमा पार गर्दै भारतकी सिभाङ्गी शर्मालाई पछि पारिन्। शर्माले ५८.१५ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन्।

गौरिकाले यसअघि तीन स्वर्ण, एक रजत र एक कास्य पदक जितिसकेकी छिन्। आइतबार भएको स्विमिङतर्फको १०० मिटर ब्याक स्ट्रोकमा गौरिकाले रजत पदक जितेकी थिइन्।

शुक्रवार महिला २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी गौरिकाले बिहीवार महिलातर्फको २०० मिटर फ्रिस्टाइल स्विमिङमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन्।

त्यस्तै हिजो ४०० मिटर फ्रिस्टाइल स्विमिङमा गौरिकाले नेपाललाई स्वर्ण दिलाइन्। यससँगै एउटै सागमा लगातार चार स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell