PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सदनको दुरुपयोग गरेको आरोप लागेका दक्षिण सुडानका सभामुखद्वारा राजीनामा



सदनको दुरुपयोग गरेको आरोप लागेका दक्षिण सुडानका सभामुखद्वारा राजीनामा
फोटो: middle-east-online.com

सांसदहरुले सदनको दुरुपयोग गरेको आरोप लगाएपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन्। 

कार्यकुशलता प्रदर्शन गर्न नसकेको र विधेयक पेश गर्दा अवरोध सिर्जना गरेको आरोप लगाउँदै सभामुख एन्थोनी लिनो माकानालाई राजीनामा गर्न सांसदहरूले माग गरेका थिए।

उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ। 

सांसदहरुले उनका विरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि उनले राजीनामा दिनु परेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell