PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

११ हजार अवैध अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिक पक्राउ



११ हजार अवैध अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं : अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलरसहित एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतवार बेलुका ११ हजार ९ सय ९४ अमेरिकी डलर (करिब १३ लाख ७० हजार नेपाली रुपैयाँ)सहित पाकिस्तानी नागरिक ३८ वर्षीय अघा जीसान हैदरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

मालिन्डो एयरमार्फत मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले झोलामा सो अमेरिकी डलर लुकाएर ल्याएका थिए।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell