PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाल vs भुटान : नेपाललाई २-१ को अग्रता, सुनिल बलले गरे गोल



नेपाल vs भुटान : नेपाललाई २-१ को अग्रता, सुनिल बलले गरे गोल

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भइरहेको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल भइरहेको छ।

नेपालले खेलमा फेरी अग्रता लिएको छ। नेपालका लागि सुनिल वलले ५३ औं मिनेटमा गोल गरेका हुन्।

यसअघि पहिलो हाफ सकिँदासम्म दुवै टिमले एक/एक गोल गरेका थिए। अविशेक रिजालले १६ ‍औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका थिए।

तर खेलको ३६ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलमार्फत भुटानले पहिलो हाफअघि खेललाई १-१ को बराबरीमा पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell