PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साग फुटबलमा नेपाललाई लगातार दोस्रो स्वर्ण, पदक तालिकामा नेपालको ५१ गोल्ड मेडल



साग फुटबलमा नेपाललाई लगातार दोस्रो स्वर्ण, पदक तालिकामा नेपालको ५१ गोल्ड मेडल

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएको छ। आज दशरथ रंगशालामा भएको फाइनलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण जितेको हो। नेपाल यसअघिको साग फुटबलको पनि स्वर्ण विजेता हो।

अविषेक रिजालले १६ ‍औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए। तर खेलको ३६ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलमार्फत भुटानले पहिलो हाफअघि खेललाई १-१ को बराबरीमा पुर्याेयो।

नेपालका लागि सुनिल वलले गोल थप्दै जित सुनिस्चित गरे। ५३ औं मिनेटमा उनले गरेको गोल नेपालको जितको लागि काफी भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell