PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घाइते पत्रकारलाई भेट्न अस्पताल पुगे जीवनराम श्रेष्ठ र रमेश सिलवाल



घाइते पत्रकारलाई भेट्न अस्पताल पुगे जीवनराम श्रेष्ठ र रमेश सिलवाल

काठमाडौं : प्रहरीको कुटपिटबाट घाइते भएका खेलकुद पत्रकार सुमन चापागाईंलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले अस्पताल पुगेर भेटेका छन्। चापागाईंको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

भेटका क्रममा श्रेष्ठ र सिलवालले पत्रकार चापागाईंको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटपछि अध्यक्ष श्रेष्ठले घटनाको छानविन गरेर दोषीलाई कारबाहीको लागि अपिल गरेका छन्।

उनले भने, 'जे भयो निन्दनीय छ। खेल पत्रकारको अधिकार सुरक्षित हुनुपर्छ भन्ने विश्वास हाम्रो हो।'

उपचारको लागि सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए।

त्यस्तै सदस्य सचिव सिलवालले दुःखद घटना भएको बताए। प्रहरीलाई सहजकर्ताको भुमिका मात्रै निभाउन आग्रह गरेको भएपनि ज्यादती भएको उनले बताए।

'सहजकर्ताको भुमिका मात्र निभाउनुस् भनेका थियौं। उहाँहरुले पनि त्यसमा सहमति जनाउनु भएको थियो। प्रहरीको ज्यादतीप्रति राखेप खेद प्रकट गर्छ,' उनले भने।

दोषीलाई कारबाही गर्न प्रहरी महानिरीक्षकले प्रतिबद्धता जनाएका सिलवालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell