PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार, विजेताको सम्मानमा सम्बोधन



सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार, विजेताको सम्मानमा सम्बोधन
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक जित्ने खेलाडीको सम्मानमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले यसका लागि दिउँसो सवा २ बजे पदक विजेता खेलाडीलाई बालुवाटारमा डाकेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा यस कार्यक्रमबारे भनेका छन्, '१३ औं सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गर्नुभएको छ। राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा उहाँले सम्बोधन गर्नुहुनेछ।'

मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण जितेको छ। यसैगरी नेपालले ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोस्रो बन्न सफल भएको छ। सम्पन्न सागमा भारतले १७४ स्वर्णसहित ३१२ पदकसहित पहिलो रहन सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell