PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनलाइनबाटै करोडौं ठगी : तीन जना पक्राउ, २३ एजेन्ट खोज्दै प्रहरी



अनलाइनबाटै करोडौं ठगी : तीन जना पक्राउ, २३ एजेन्ट खोज्दै प्रहरी
फोटो : Getty Image

काठमाडौं : अनलाइन सपिङ तथा उपहारको  बहानमा करौडौं रुपैयाँ ठगी गरेको खुलेको छ। 

विभिन्न अनलाइन सपिङ र अन्य माध्यमबाट रकम ठगी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केही दिनदेखि चलाएको अप्रेसनमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो। 'अनलाइन सपिङ लगायतमा ठगी भएको देखिएको छ। हामीले केही मानिस नियन्त्रणमा लिइसकेका छौं,' महाशाखा प्रमुख एसएसी सहकुल थापाले भने।

तीन जना नियन्त्रणमा लिए पनि २३ जना एजेन्डको सूची तयार पारी खोजी गरिरहेको छ। उनीहरुको खातामा १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको भेटिएको छ। कारोबारको रकम बैंक खातामा भने भेटिएको छैन। पैसा बाहिर देशमा पठाइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell