PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'कामना फिल्म अवार्ड्स'को पाँचौ संस्करण पुष १९ गते



'कामना फिल्म अवार्ड्स'को पाँचौ संस्करण पुष १९ गते

काठमाडौं : 'कामना फिल्म अवार्ड्स'को पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार हुने भएको छ। सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रम ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको हो।

यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्वर वन 'पपुलर च्वाईस अवार्ड'समेत प्रदान गरिने आयोजकले जनाएको छ। जसको लागि नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन्।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने अवार्ड कार्यक्रम 'सम्मान चलचित्रको : उत्सव उत्कृष्टता'को भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको उत्सवका रुपमा आयोजना हुँदै आएको छ। हरेक वर्षको अवार्डमा झैँ यस वर्ष पनि कामना न्यूज पब्लिकेसन्स्ले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि प्रत्येक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछन्।

त्यसैगरी चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने एक/एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने बताइएको छ।

त्यस्तै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ । कामना फिल्म अवार्ड्स एउटै विधामा १ जनाभन्दा बढी विजयी भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell