PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उधौली र योमरी पुन्हि पर्वको अवसरमा प्रचण्डले दिए शुभकामना



उधौली र योमरी पुन्हि पर्वको अवसरमा प्रचण्डले दिए शुभकामना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको प्रचण्डले बताए।

उनले भने, 'सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको छु।'

सामाजिक न्याय सहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र नेकपाको स्पष्ट रणनीति रहेको उनले बताए। नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु नेपालीका पहिचान भएको उनको भनाइ छ।

'सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो,' उनले भने, 'मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ। यस पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell