PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

५० कटेकालाई नेतृत्वमा ल्याउने तयारीपछि धर्नामा नेविसंघ, 'हामी अरु जान्दैनौं, ३२ माथि मान्दैनौं'



५० कटेकालाई नेतृत्वमा ल्याउने तयारीपछि धर्नामा नेविसंघ, 'हामी अरु जान्दैनौं, ३२ माथि मान्दैनौं'

काठमाडौं : नेपाल विद्यार्थी संघले काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना थालेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाले डाकेको केन्द्रीय समितिमा उपनिर्वाचनको समीक्षा, विभाग गठन र भ्रातृ संगठनको नेतृत्वबारे छलफल चलिरहेको छ।

केन्द्रीय समिति चलिरहँदा नेविसंघ भने धर्नामा छ। विधानले ३२ वर्षमाथिकालाई नेतृत्वमा आउन छेकिसकेको अवस्थामा पूर्व उपाध्यक्ष राजीव ढुंगानालाई अध्यक्ष बनाउने तयारी गरेपछि नेविसंघका नेताहरु आक्रोशित बनेका हुन्। पार्टीले ढुंगानालाई नेविसंघको तदर्थ समितिको अध्यक्षमा ढुंगानालाई ल्याउने तयारी गरेको छ। 

नैनसिंह महरसँग अध्यक्षमा भिडेका ढुंगानाको उमेर ५० को हाराहारीमा पुगेको छ।

बैठक नसकेसम्म धर्ना जारी रहने नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए। 'विधान बाहिर जान भएन। यसैका लागि हामी धर्नामा छौ। यदि नेतृत्वले विधान लत्याएमा हाम्रो अनशन रोकिदैन,' त्रिपाठीले भने।

विद्यार्थी नेताहरुले नेता गण ३० सेकेन्ड यता हेर्न मिल्छ लेखिएको प्ले कार्डसहित विधान पालनाका लागि चेतावनीयुक्त प्लेकार्ड प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell