PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाललाई राजनेताको आवश्यकता छ : पूर्व प्रधान न्यायाधीश सुशीला कार्की



नेपाललाई राजनेताको आवश्यकता छ : पूर्व प्रधान न्यायाधीश सुशीला कार्की

काठमाडौं : नयाँ रियालिटी शो 'द लिडर : यो राष्ट्रको सेवक'को घोषणा गरिएको छ। बिहीवार काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन आयोजना गर्दै रियालिटी शो 'द लिडर'को घोषणा गरिएको हो।

'द लिडर' नामक रियालिटी शीले नेपालका लागि योग्य र सक्षम नेताको चयन गर्ने बताइएको छ। उक्त रियोलिटी शो विश्वमा नै पहिलो पटक आयोजना हुन लागेको दावी गरिएको छ। यस कार्यक्रममा ५ जना निर्णायकहरु रहनेछन्। जसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान न्यायधिस सुशिला कार्की र पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र छन् भने अन्य दुई निर्णायकको बारेमा खुलाइएको छैन्।

न्यूज २४ बाट प्रसारण हुने उक्त कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले होस्ट गर्नेछन्। 'द लिडर'लाई लिएर सञ्चार कर्मी रवि लामिछाने निकै उत्साहित छन्।

उनी भन्छन्, 'एउटा अत्यन्तै फरक कार्यक्रम दर्शक माझ ल्याँउदै छौं। कार्यक्रम कस्तो होला भन्ने पिरले सताइरहेको थियो तर त्यो सताइ लामो समयसम्म रहँदैन। विशेषगरी विदेशमा बनिरहेका कार्यक्रमहरु नेपाल आउने क्रम जारी रहदा हाम्रो देशमा पनि यस्ता कर्यक्रम बनोस् जसको अवधारणा पनि विदेशसम्म पुगोस्। त्यस परिप्रेक्षमा हामी नेपालमै त्यस्ता किसिमका कार्यक्रमहरु बनाउन सकौं भन्ने हाम्रो उद्देश्य हो।'

त्यस्तै पूर्व न्यायाधीश सुशिला कार्की नेपालमा देश हाक्ने राजनेताको आवश्यकता भएको बताँउछिन्।

'लिडर भनेको जतिकै उमेरको किन नहोस तर देश हाक्ने हुनुपर्छ। लिडरले जनताको अभिभावकको रुप लिनुपर्छ, शोषण गर्ने कहिल्यै लिडर हुँदैन्। त्यसैले नेपालमा निडर राजनेताको आवश्यकता छ,' उनले भनिन्।

'द लिडर'को अडिसनबाट छानिएका १० जना व्यक्तिलाई कार्यक्रममा समावेश गरिनेछ। नेपालमा मात्र नभएर विदेशका विभिन्न स्थानमा द लिडरको अडिसन हुने बताइएको छ।

विजेताले काठमाडौंमा एउटा सान्दार अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell