PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जापानी लिगको टिम र नेपाली फुटबल टोली भोलि आमनेसामने हुँदै, जापानी टिमका कोच भन्छन्, 'मित्रता र टिम स्पिरिट बढाउन चाहन्छौं'



जापानी लिगको टिम र नेपाली फुटबल टोली भोलि आमनेसामने हुँदै, जापानी टिमका कोच भन्छन्, 'मित्रता र टिम स्पिरिट बढाउन चाहन्छौं'
फाइल फोटो।

काठमाडौं : जापानी 'जे लिग'को टिम फुटबल खेल्न नेपाल आएको छ।

जापानी टिमले भर्खरै दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको टिमसँग खेल्ने चर्चा थियो। तर पछि भने यू-१९, यू-२३ र सिनियर टिमलाई मिलाएर जापानी टिमसँग खेल्ने बताइएको छ। खेल खेल्ने टिम नेपाली राष्ट्रिय टिमकै खेलाडीहरु हुने भएपनि 'नेपाल निलो' टिमका रुपमा मैदान उत्रने छ। पहिलो खेल भोलि ३ बजे शुरु हुनेछ। खेल हेर्न सामान्य तर्फ ५०० रुपैयाँ र भिआइपी तर्फ १००० रुपैयाँ शुल्क लाग्नेछ।

नेपाल भ्रमणका क्रममा रहेको जापानी टोलीले आइतवार मनाङ मर्स्याङ्दी क्वबसँग खेल्ने छ। टोलीमा यू-२२ का खेलाडीहरु रहेका छन्।

जापानी टिमका मुख्य प्रशिक्षक इबाताले जापानको फुटबल एसोसिएसनको आग्रहमा नेपाल आएको बताए।

'एक आपसमा मित्रता र टिम स्पिरिट बढाउन टोली नेपाल आएको हो,' इबाताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell