PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देउवाले गरे ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव, पौडेल र सिटौलाद्वारा केन्द्रीय समिति बहिस्कार



देउवाले गरे ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव, पौडेल र सिटौलाद्वारा केन्द्रीय समिति बहिस्कार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा ४१ विभाग गठन गर्ने प्रस्ताव गरेका छन्। आजको केन्द्रीय समितिमा सभापति देउवाले केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गर्ने गरी ती विभागहरुको प्रस्ताव गरेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले भने आजको केन्द्रीय समिति बहिस्कार गरे। भातृ संगठनको भागबन्डामा सहमति जुट्न नसकेपछि पौडेल र सिटौला केन्द्रीय कार्यालय पुगे पनि केन्द्रीय समितिमा भने बसेनन्। कांग्रेसको अर्को केन्द्रीय समिति आइतवारलाई डाकिएको छ।

'नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुर्नगठन गरी यसै विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी देहाय बमोजिमका विभागहरुको गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव गरिएको छ,' केन्द्रीय समितिपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यी हुन् प्रस्ताव ४१ गरिएको केन्द्रीय विभागहरुको नाम :

१. संगठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. आर्थिक नीति तथा योजना विभाग
६. अभिलेख, अनुगमन तथा मुल्यांकन विभाग
७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९. संसदीय मामिला विभाग
१०. संवैधानिक तथा कानुन विभाग
११. स्थानीय तह समन्वय विभाग
१२. महिला विभाग
१३. तरुण विभाग
१४. विद्यार्थी विभाग
१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६. पेशागत तथा बुद्धिजीवि विभाग
१७. शिक्षा विभाग
१८. स्वास्थ्य विभाग
१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०. उद्योग व्यापार विभाग
२१. पर्यटन विभाग
२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३. कृषि तथा किसान विभाग
२४. आदिवासी जनजाती विभाग
२५. खेलकुद विभाग
२६. प्राकृतिक श्रोत विभाग
२७. साहित्य, कला तथा संस्कृति विभाग
२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०. दलित विभाग
३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२. मुस्लिम विभाग
३३. वन तथा वातावरण विभाग
३४. तराई मधेश विभाग
३५. वित्तीय संस्था तथा सहकारी समन्वय विभाग
३६. पिछडिएको क्षेत्र समन्वय विभाग
३७. विज्ञान तथा प्रविधि विभाग
३८. भूपू सैनिक विभाग
३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भातृ संघ समन्वय विभाग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell