PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बलात्कार आरोपमा पक्राउ सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अनुमति



बलात्कार आरोपमा पक्राउ सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

अदालतले दिएको सात दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश खिमानन्द भुषालले सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन्।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयानसमेत अस्पतालमा नै गराउन आदेश दिएको छ।

गत कातिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।  तर 'सिद्धबाबा' भने आफूलाई षड्यन्त्रमा पारिएको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell