PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साहित्य महोत्सव गण्डकी प्रदेशका लागि गौरवको विषय : मुख्यमन्त्री गुरुङ



साहित्य महोत्सव गण्डकी प्रदेशका लागि गौरवको विषय : मुख्यमन्त्री गुरुङ

पोखरा : 'आइएमई नेपाल साहित्य महोत्सव'को आठौं संस्करण शुक्रवारबाट शुरु भएको छ। तालबाराही चोक, लेकसाइड पोखरामा एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका छन्।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपाल मात्र नभई एसियाकै महत्वपूर्ण एवं भव्य महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए। साथै महोत्सवकै अवसरमा डिएससी जस्तो गरिमामय पुरस्कार वितरण हुनु झनै खुसीको विषय भएको उनको भनाइ थियो। आफू साहित्यको विद्यार्थी नभए पनि यसको उत्थान, विकास र समृद्धिका लागि तत्पर रहने उनले प्रतिबद्धता जनाए। सरकारले गर्नुपर्ने काम बुकवर्म फाउन्डेसनले गरेको र यो अति सराहनीय रहेको उनले बताए।

यसैगरी कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मानिसले साहित्य, कला, संगीत आदिबारे चासो राख्ने र त्यही सर्वसाधारणको चासो सम्बोधन गर्ने काममा आइएमई लागि परेको उनको भनाइ छ। त्यसका लागि यस्ता महोत्सवमा सहयोग पुर्‍याएको उनले बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले आउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि सहयोग पुर्‍याउने बताए। यस्ता महोत्सव अन्य स्थानमा पनि आयोजना हुन सके त्यसले देशकै पर्यटकीय विकास हुने उनको भनाइ थियो।

सुन्दास दिदीबहिनीको वेदवाचनसँगै सुरु भएको महोत्सवको सुरुवातमा पूर्वअर्थमन्त्री एवम् नागरिक अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell