PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पिपिएल दोस्रो संस्करणको ट्रफी सार्वजनिक, लिगका हरेक खेल सर्‍यो एक - एक दिन पछि



पिपिएल दोस्रो संस्करणको ट्रफी सार्वजनिक, लिगका हरेक खेल सर्‍यो एक - एक दिन पछि

काठमाडौं : पोखरामा शुरु हुन गइरहेको पोखरा प्रिमियर लिग टी-२० को ट्रफी आज अनावरण गरिएको छ। आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ट्रफी अनावरण गरेका हुन्। 

मंसिर २८ गतेबाट शुरु हुने भनिएको पोखरा प्रिमियर लिग वर्षाका १ दिन पछि सरेको छ। सबै टिमको सहमतिमा लिग २९ गतेबाट शुरु हुने तयारी गरेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ। यसो गर्दा लिगका सबै खेलहरु १ दिन पछि सर्नेछन्। 

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell