PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जमैकाकी टोनी-एन सिंहले जितिन् मिस वर्ल्डको उपाधि, अनुष्कालाई 'ब्युटी विथ पर्पस' अवार्ड



जमैकाकी टोनी-एन सिंहले जितिन् मिस वर्ल्डको उपाधि, अनुष्कालाई 'ब्युटी विथ पर्पस' अवार्ड
Photo : Miss World/Twitter

काठमाडौं : मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी-एन सिंहले जितेकी छिन्। आज लण्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजयी घोषणा गरिएको हो।

प्रतियोगितामा फर्स्ट रनर-अप फ्रान्सकी ओफ्ली मेजिनो तथा सेकेण्ड रनर-अप भारतकी सुमन रतनसिंह राव भए।

 

मिस वर्ल्ड २०१९ मा नेपालकी अनुष्का श्रेष्ठ भने उत्कृष्ट १२ बाट बाहिरिइन्। तर अनुष्काले यो वर्षको मिस वर्ल्डको 'ब्युटी विथ पर्पस' अवार्ड भने जित्न सफल भएकी छिन्। यसअघि उनले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्। 

मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell