PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रहिनन् बलिउड अभिनेत्री गीता सिद्धार्थ काक



रहिनन् बलिउड अभिनेत्री गीता सिद्धार्थ काक
फोटो : India Times।

मुम्बई : बलिउड अभिनेत्री गीता सिद्धार्थ काकको निधन भएको छ। उनको शनिवार मुम्बईमा निधन भएको हो। 

उनले १९७२ मा गुलजारको फिल्म 'परिचय'बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले 'सोले', 'त्रिशुल', 'डिस्को डान्सर', 'देश प्रेमी', 'डान्स डान्स' लगायत थुप्रै फिल्महरुमा अभिनय गरेकी थिइन्।

सन् १९७३ मा रिलिज भएको उर्दु फिल्म 'गरम हवा'बाट उनले बेस्ट फिचर फिल्मको अवार्ड समेत जितेकी थिइन्। अभिनयको साथै उनी सामाजिक कार्यमा पनि सक्रिय थिइन्।

गीता टेलिभिजन प्रस्तोता, निर्माता तथा फिल्म मेकर सिद्धार्थ काककी श्रीमती हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell