PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पिपिएल : पोखरालाई काठमाडौं गोल्डेनले दियो १ सय १६ रनको लक्ष्य



पिपिएल : पोखरालाई काठमाडौं गोल्डेनले दियो १ सय १६ रनको लक्ष्य
फोटो : पिपिएल।

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को पहिलो खेलमा काठमाडौं गोल्डन वारियरले पोखरा पल्टनलाई ११६ रनको सामान्य लक्ष प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमार ११५ रन बनायो।

काठमाडौंका ब्याट्सम्यानहरु चल्न नसकिरहँदा भारतीय खेलाडी सुबोध भाटीले ४५ रनको महत्वपूर्ण योगदान दिए। उनीबाहेक अर्का भारतीय खेलाडी गौरव तोमरले १३ रन र सुशन भारी १० रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

काठमाडौंलाई सस्तैमा समेटन पोखराका ललित नारायण राजबंशी, राशिद खान र कुशल मल्लले महत्वपूर्ण २/२ विकेट लिए।  

सामान्य लक्ष पछ्याएको पोखरा केहीबेरमा ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell