PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वर्ष दिनपछि बल्ल नेकपाको स्थायी समिति बैठक, प्रचण्डको अध्यक्षतामा शुरु  



वर्ष दिनपछि बल्ल नेकपाको स्थायी समिति बैठक, प्रचण्डको अध्यक्षतामा शुरु  

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा शुरु भएको हो। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो।

बैठकमा छलफल हुने एजेन्डा बिहान बालुवाटारमा बसेको सचिवालयले तय गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीको सल्लाहमा प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनका लागि विधान संशोधनको प्रस्ताव गर्ने तयारीसमेत रहेको बताइएको छ। 

उता बैठकमा एकपटक पनि बस्न नसकेको केन्द्रीय कमिटीको बैठकका विषयमा छलफल तथा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्याको विषयमा छलफलको तयारी गरेको छ नेकपाले। स्थायी कमिटीको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि स्थायी कमिटी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell