PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेकपा स्थायी कमिटी बैठक : प्रचण्डले प्रस्तुत गरे १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन



नेकपा स्थायी कमिटी बैठक : प्रचण्डले प्रस्तुत गरे १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन

काठमाडौं :  आज बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा सीमा विवादलगायतका विषय उल्लेख छ। जसमा नेकपाले सीमा विवादबारे आफ्नो धारणा प्रस्तुत गरेको छ।

साथै प्रतिवेदनमा उपनिर्वाचनको समीक्षा समेत गरिएको छ। स्थायी कमिटीको बैठक लामो समयपछि बसेको स्वीकार गर्दै ढिला हुनुको कारण समेत प्रतिवेदनमा उल्लेख छ।

बैठकमा पाँच वटा एजेण्डा समेत तय गरिएको छ। आज बसेको बैठकमा नेकपाका महासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव गरेका छन्।

भोलि बिहान ११ बजे बस्ने बैठकमा राजनीतिक प्रतिवेदन र एजेण्डाहरुप्रति नेताहरुले आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell