PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ वर्षीया बालिकाको मृत्यु



दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ वर्षीया बालिकाको मृत्यु
फोटो : AP ।

मनिला : दक्षिणी फिलिपिन्सको मिन्डानाओमा आइतवार ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण घर भत्किएर एक ६ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

अधिकारीहरुका अनुसार भूकम्पबाट घरहरु भत्किएपछि आत्तिएका मानिसहरु बाहिर सडक र खुला स्थानमा निस्किएका छन्। ६.९ म्याग्निच्युडको सो भूकम्प पाडाडा शहर भन्दा ६ किलोमिटर उत्तर पश्चिम क्षेत्रमा गएको फिलिपिन्सको भूगर्भ विभागले जनाएको छ। सो भूकम्पको गहिराइ ३० किमि थियो।

गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्नीच्यूडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए। उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरुमा क्षति पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell