PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका घाइते ह्याम्स अस्पतालमा, 'अधिकांश घाइतेको अनुहारमा चोट, हड्डी भाँचिएको'

सिन्धुपाल्चोक ६ किलो बस दुर्घटनाका घाइते ह्याम्स अस्पतालमा, 'अधिकांश घाइतेको अनुहारमा चोट, हड्डी भाँचिएको'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको यात्रु सवार बस दुर्घटनामा परी घाइतेमध्ये अधिकांशलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ।  घाइतेहरुको सिन्धु सदाबहार अस्पतालमा प्राथमिक उपचार गरेको र थप उपचारका लागि ह्याम्समा ल्याइएको हो।

अधिकांश घाइते जुगल गाउँपालिका याङ्लाकोटका रहेका छन्। घाइतेमध्ये ४ जना आइसियूमा राखिएको छ भने बाँकीलाई विभिन्न वार्डमा राखेर उपचार शुरु गरिएको छ। अस्पतालमा घाइते भेट्न आफन्त आइपुग्न थालेका छन्।

दुर्घटनामा परी घाइते भएका अधिकांशको हड्डी भाँचिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कमल थापाले बताए। 'यहाँ २ वर्षको बच्चादेखि एडल्टसम्म छन्। ६ वर्षको बच्चाको टाउकोमा ठूलो चोट लागेको छ। कतिपयको खुट्टाको फ्याक्चर भएको छ। कसैको करङ भचेर फोक्सोमा पनि चोट पुगेका छन्। अनुहार पनि चोट लागेका बिरामी पनि छन्। धेरैको हड्डीकै समस्या छ,' थापाले भने।

आज बिहान बा २ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृतकमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत हुनेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की ३७ बर्षीया सविना तामाङ, २८ बर्षीय शुकबहादुर तामाङ,२७ बर्षीय मञ्जु तामाङ र दोलखा भीमेश्वर नगरपालिकाका ३६ बर्षीया जुनुमाइ तामाङ रहेका छन्। त्यस्ते रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २९ बर्षीय महेश तामाङ र लक्ष्मी श्रेष्ठ रहेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell