PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बुढासुब्बा म्युजिकको युट्युब च्यानल अर्कैको कब्जामा, फिर्ता ल्याउने प्रयासमा च्यानल टिम 



बुढासुब्बा म्युजिकको युट्युब च्यानल अर्कैको कब्जामा, फिर्ता ल्याउने प्रयासमा च्यानल टिम 

काठमाडौं : नेपालको चर्चित युटयुब च्यानल बुढासुब्बा म्युजिकको अफिसियल युटयुब च्यानल ह्याक भएको छ। युटयुब च्यानल ह्याक भएसँगै च्यानलको नाम परिवर्तन गरेर 'म्याटभे केड्रिन' राखिएको छ। 

च्यानलको नाम फेरिएसँगै आजै बुढासुब्बा म्युजिकको अफिसियल युटयुबमा दुईवटा नयाँ भिडियोहरु अपलोड भएका छन्। 

कम्पनीको च्यानल फिर्ता ल्याउन आइटी टिम समस्या समाधान गर्न लागेको बुढा सुब्बा म्युजिक कम्पनीका अध्यक्ष नवराज गिरीले बताए। यस विषयलाई ह्याक भनिहाल्न भने नमिल्ने गिरीको दाबी छ। 

उनले भने, 'आज बिहान ८ बजेतिर मात्र थाहा भयो हाम्रो युटयुब च्यानलको नाम पनि परिवर्तन भएको छ, तर कसरी नाम परिवर्तन भयो त्यो भने पुष्टि हुन सकेको छैन। कम्पनीको च्यानल फिर्ता ल्याउन आइटी टिम लागि परेका छन्। सम्भवत भोलि र पर्सीसम्म थाहा हुन्छ कसरी यस्तो भयो भनेर।' 

३५ लाख बढी सब्सक्राइबर भएको उक्त च्यानलमा ८ हजार बढी भिडियोहरु अपलोड भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell