PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल साहित्य महोत्सवमा बाल कथाका दुई पुस्तक सार्वजनिक 



नेपाल साहित्य महोत्सवमा बाल कथाका दुई पुस्तक सार्वजनिक 

नेपाल साहित्य महोत्सवको तेस्रो दिन ‘किन हुर्काउनु पर्छ बाल साहित्य?’ भन्ने विषयमाथि छलफल भयो। कार्यक्रममा वक्ताहरुले नेपालमा बाल साहित्यको अवस्था, आवश्यकता बारे कुराकानी भएको थियो। 

बाल साहित्यकार शाश्वत पराजुलीले साहितयको यस विधालाई महत्व नदिइएको बताए। भने,'पढ्ने र लेखिने दुबैले आनन्द बाहेक केही नपाउने भएर होला बाल साहित्य उपेक्षित छ।’ 

शाश्वतले ४० भन्दा बढी बाल साहित्य केन्द्रित किताब लेखेका छन्। वर्षौ बाल साहित्यमा कलम चलाएर आफूले पनि आत्मसन्तुष्टी मात्र कमाएको सुनाउँदै भने, 'जसको लागि लेख्छु ती बालबालिकाले आएर- यति धेरै किताब लेख्दा हजुरको हात दुख्दैन? भन्ने अवोध प्रश्नले मलाई निकै आनन्द दिन्छ।’ 

सङ्ख्यात्मक हिसाबमा बाल साहित्यका किताब कम छापिनुले पनि बालबालिकामा पठन संस्कृति विकास हुन नसकेको तर्क अघि सारे। नेपाली बाल साहित्यले बालबालिकाको सिर्जनात्मक, कलात्मक र भाषागत् विकासमा पनि योगदान पुर्‍याउने बताएका थिए। 

त्यस्तै बाल साहित्यकार हेमलता राईले बालबालिकाले रमाइलो र रुचिकर मान्ने कथाहरु लेखिनु पर्ने बताइन्। उनले आफ्नो कथा जाच्ने प्रक्रिया बारे भनिन्, 'म कुनै पनि बाल कथा लेख्नु अघि सात वर्षीया छोरीलाई सुनाउँछु। उसलाई मन पर्‍यो भने त्यसैलाई सुधारेर लेख्ने,  छपाउने गर्छु। मन पराइनन् भने लेख्छु।’ 

छलफलमा बाल कथा, कविता, उपन्यास लगायतमा शब्द सङ्ख्या, चित्र, रङको प्रयोग लगायत प्रविधिक पाटोमा पुर्‍याउन  ध्यान ख्याल गर्नुपर्ने भनियो। त्यस्तै
अबका बाल साहित्य घर र कक्षा कोठाको ढोका बाहिर ल्याएर अनुभव केन्द्रित बनाउनु पर्ने शाश्वत पराजुलीले बताए। 

कार्यक्रमना भवसागर घिमिरे र हेमलता राईका बाल कथाहरु विमोचन भए। घिमिरेको ‘हजुरबुबाको बगैंचा’ सार्वजनिक भएको हो। पुस्तकले ३० भन्दा बढी फरक किसिमका बोट बिरुवा र रुखहरु बारे जानकारी दिने बताइयो। त्यस्तै राईको ‘चङ्गा चैट’ नामक पुस्तकले कस्ता सजाय ठीक कस्ता बेठीक भन्ने विषयको उठान गरेको छ। 

पुस्तकहरु माथि शाश्वत पराजुलीले भने,'दुबै पुस्तकमा परम्परागत शैलीलाई पर राखेर र पृथक प्रयोग गरिएको छ।’ 

सांग्रिला बुक्सले प्रकाशन गरेको किताबलाई कक्षा दुईमा पढ्ने विद्यार्थीहरु रियाज घिमिरे र सेन्मी नुर साथै दुईमा तीनमा पढ्ने पढ्ने प्रविना अधिकारी प्रविना अधिकारीले विमोचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell