PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिन : राजनीतिक प्रतिवेदनमाथि छलफल जारी



नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिन : राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम सुरु भएको छ। आइतवारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राजनीति तथा विधान संशोधनको विषयमा सोमबार १२ जना सदस्यले आफ्नो धारणा राखेका राखे। 

आइतवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव पेश गरेका थिए।

पार्टी केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालका अनुसार बैठकमा सदस्यहरुले राजनीतिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ।

बैठकमा एक जना सदस्यले २० मिनेटको समय पाएका छन्। नेकपाको स्थायी कमिटीमा ४५ सदस्य छन्। हिजै सकिने भनिए सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक लम्बिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell