PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आयुर्वेदिक उपचार खोज्दै प्रचण्डपत्नी सीता पुगिन् रामदेवको योगपीठ

आयुर्वेदिक उपचार खोज्दै प्रचण्डपत्नी सीता पुगिन् रामदेवको योगपीठ


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी उपचारको लागि भारतको हरिद्वारस्थित बाबा रामदेव पतञ्जली योगपिठमा पुगेकी छिन्। 

शुक्रवार दिउँसो प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो फेसबुकमा फोटो पोस्ट गर्दै उपचारको लागि गएको जानकारी दिएकी हुन्। गंगाले पोष्ट गरेको फोटोमा अध्यक्ष दाहाल पत्नी सीता बाबा रामदेवसँगै देखिएकी छिन्। 

त्यस्तै फोटोमा पूर्वमन्त्री एवम् नेकपा नेता मात्रिका यादवसमेत देखिएका छन्। सीता आचार्य बालकृष्णसँग गौशाला अवलोकन गरेकोसमेत गंगाले सार्वजनिक गरेकी हुन्।

सीता विभिन्न समयमा उपचारको लागि विदेश पुग्ने गरेकी छिन्। २०७५ चैतमा पनि उनी उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा पुगेकी थिइन। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार भएको थियो। 

२०७५ असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए। तर लामो समयदेखि उपचार गराए पनि पार्किन्सनले थलिएकी दाहाल पत्नी सीता भने स्वास्थ्य हुन सकेकी छैनन्।



ट्रेन्डिङ पोस्ट

Ncell