PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नियमित खुर्सानी खानु मुटुका लागि फाइदाजनक



नियमित खुर्सानी खानु मुटुका लागि फाइदाजनक
Photo : Insider/Getty Images

खुर्सानी नेपाली भान्साको अनिवार्य तथा निकै महत्वपूर्ण वस्तु हो। तरकारीदेखि अचारसम्म हामी खुर्सानीको प्रयोग गर्छौं। हामीले खानामा स्वाद भर्न यसको प्रयोग गर्ने गरेता पनि खुर्सानी खानु मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने एक अध्ययनले देखाएको छ।

पछिल्लो अनुसन्धानका अनुसार नियमित रुपमा खुर्सानी खाने मानिसमा हृदयघात तथा स्ट्रोकका कारण मृत्युको सम्भावना कम हुने देखिएको छ।

इटालीमा २३ हजार मानिसहरुमा चार वर्षसम्म गरिएको सो अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो। जसमा खुर्सानी खाने मानिसमा नखानेको तुलनामा हृदयघातका कारणबाट मृत्युको सम्भावना ४० प्रतिशतले कम हुने देखिएको छ। त्यस्तै खुर्सानी खाने मानिसमा स्ट्रोकका कारण मृत्युको सम्भावना ५० प्रतिशतले कम हुने अनुसन्धानमा देखिएको सिएनएन उल्लेख गरेको छ।

उक्त अनुसन्धानको नतिजा गतहप्ता जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित भएको थियो।

'चाखलाग्दो कुरा के छ भने मृत्युको सम्भावनाबाट खुर्सानीले दिने सुरक्षा खानेकुरासँग सम्बन्धित छैन', अनुसन्धानकर्ता तथा मेडिटेरानियन न्युरोलोजिकल इन्स्टिच्युटकी इपिडेमियोलोजिस्ट मरियालरा बोनासियोले भनिन्, 'अर्को शब्दमा भन्दा स्वस्थकर खानेकुरा खाए पनि अथवा कम स्वस्थकर खानेकुरा खाएपनि खुर्सानीको सुरक्षात्मक प्रभाव भने सबै मानिसमा समान हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell