PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अर्को निर्वाचनमा नेकपा एक्लैले दुई तिहाई बहुमत ल्याउँछ : प्रचण्ड



अर्को निर्वाचनमा नेकपा एक्लैले दुई तिहाई बहुमत ल्याउँछ : प्रचण्ड
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा नेकपा एक्लैले बहुमत ल्याउने बताएका छन्।

चितवनको इच्छा कामना गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रचण्डले मंसिर १४ गतेको उप-निर्वाचनमा कल्पना नगरिएको ठाउँमा हारिएकाले पार्टीलाई गम्भीर धक्का पुगेको पनि बताए।

उनले भने, 'उपनिर्वाचनमा शिक्षा र उत्साह मिश्रित खालको नतिजा प्राप्त भएको छ। हार्नै नपर्ने ठाउँमा हारियो। कल्पना पनि नगरेको ठाउँमा हारियो। यसबाट गम्भीर शिक्षा लिनुपर्ने छ।'

उनले थपे, 'हामीले स्थायी कमिटीमा भनेका छौं, अबको ३ बर्ष र पार्टीको काम र सरकारको कामबाट अब आउने निर्वाचनमा हामी एक्लैले दुई तिहाई बहुमतको सुनिश्चितता गर्नुछ।'

उनले सीमा विवादको विषयमा एक इन्च पनि अरुको जमिन चाइदैन भन्ने हिसाबले लागि परेको बताए। कुटनीतिक तवरले नेपाली भूभागमा रहेका विदेशी सेना हटाउनु नेपालको लागि अवसर भएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell