PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१९ फोटोमा हेर्नुस विदा भएको सन् २०१९

१९ फोटोमा हेर्नुस विदा भएको सन् २०१९


सन् २०१९ हामीबाट विदा भएको छ। २०२० को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु हुँदैछन्। 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले गर्दा सन् २०१९ नेपालका लागि विशेष रह्यो। गुठी विधेयकको आन्दोलनका कारण सरकारले राष्ट्रियसभाबाट विधेयक नै फिर्ता लिनुपर्ने अवस्था आयो। सीमित स्रोत र साधनबीच दक्षिण एसियाली खेलकुद आयोजना गर्दै नेपालले पहिलोपटक ५१ स्वर्ण जित्यो।  

हेर्नुस् सन् २०१९ मा लिइएका १९ तस्विरहरु 

बानेश्वरमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको कारगेड
१०० वर्ष पुगेको उपल्क्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर नगरको परिक्रमा गराइदै
रानीपोखरीमा पानी अड्याउन परीक्षणका लागि बनाइएका दुई साना पोखरी
सीमा अतिक्रमण विरुद्ध काठमाडौंको माछापोखरीमा निकालिएको मसाल जुलुस
प्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कीर्तिपुर स्थित क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेल्दै।
गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा ओर्लिएको मानव सागर
गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा भएको विरोधका क्रममा गुठीयारमाथि बुटले प्रहार गर्दै प्रहरी
खबरदारी सभामा प्रहरीलाई फूल दिँदै गायक योगेश्वर अमात्य
दशरथ रंगशालमा दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन कार्यक्रम
बालुवाटार स्थित सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा लिँदै सेना र प्रहरी
६ महिनामा ८ हजार मिटरका विश्वका १४ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएको निर्मल पूर्जाको टोलीलाई स्वागत गरिँदै
टुँडिखेलमा सेना दिवसको दिन कला प्रस्तुत गर्दै सेना
बौद्ध -साँखु सडक खण्ड नबनेपछि स्थानीयहरुले सडक अवरुद्ध गरेका थिए
सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बूँदे सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली
प्रतिनिधिसभा कास्की २ बाट विजयी भइ सांसद पदको सपथ लिएपछि विद्या भट्टराई
यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महरा काठमाडौं जिल्ला अदालतमा
दशरथ रंगशालमा सागको उद्घाटनको पूर्वअभ्यास गर्दै
अकुपाई टुँडिखेल अन्तर्गत खुल्लामञ्च रंगाउँदै कलाकारहरु
लक्ष्मीपूजाको लागि धनलक्ष्मीको चित्र रंग्याउँदै चेतकुमारी चित्रकार


ट्रेन्डिङ पोस्ट

Ncell