PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेलिकप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित ८ जनाको मृत्यु



हेलिकप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित ८ जनाको मृत्यु
फोटो : YILAN COUNTY FIRE BUREAU

ताइवानमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ताइवानी सेना प्रमुख सेन यी मिङको मृत्यु भएको छ।

सेना प्रमुख सहित १३ जना रहेको ब्ल्याक हक हेलिकप्टर ताइपेइको हिमाली क्षेत्रमा आकस्मिक अवतरण गरिएको थियो। अवतरणपछि १३ जनामा ३ जना वेपत्ता रहेको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको थियो। अवस्था अज्ञात रहेकामा सेना प्रमुख सेन समेत रहेका थिए।

सेनाले विमान अवतरण गरेको स्थानमा दुई ब्ल्याक हक हेलिकप्टर सहित ८० सैनिक परिचालन गरिएको थियो।

केही घण्टासम्म प्रमुख सेनको अवस्था बारेमा धेरै प्रकारका समाचारहरु बाहिरिए। कुनैमा उनी हराइरहेको बताइएको थियो भने उद्धार गरिनेमा सेन रहेको समेत सार्वजनिक भएको थियो।

सेना प्रमुखको अवस्थाका बारेमा धेरै अनुमान भइरहँदा ताइवानको रक्षा मन्त्रालयले केही समय अघि विज्ञप्ती जारी गर्दै सेना प्रुमखको मृत्यु भएको पुष्टि गरेको छ।  सेनसँगै अन्य सातजनाको समेत दुर्घटनामा मृत्यु भएको बताइएको छ।  पाँचजनाको भने उद्धार गरिएको छ।

उक्त हेलिकप्टरमा राजनीतिक र युद्ध शाखाका प्रमुख यु क्विन र सहायक अर्थ मन्त्री जियाङ युमिन समेत रहेका थिए। नयाँ वर्षको उपलक्ष्यमा उक्‍त हेलिकप्टर उत्तरपूर्वी क्षेत्रमा रहेको इलान कन्ट्रीमा नियमित भ्रमणका लागि जाँदै थियो।

दुर्घटना भएको विमानको के कारणले फोर्स ल्यान्डिङ गरिएको हो भन्ने खुलेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell