PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रिय सभाको उम्मेद्वार बनाउने ओली-प्रचण्डको प्रस्तावपछि वामदेवको जवाफ : प्रतिनिधि सभा र राष्ट्रिय सभाको विभेद अन्त्य भएमात्रै उम्मेद्वारी



पहिलोपोस्ट

राष्ट्रिय सभाको उम्मेद्वार बनाउने ओली-प्रचण्डको प्रस्तावपछि वामदेवको जवाफ : प्रतिनिधि सभा र राष्ट्रिय सभाको विभेद अन्त्य भएमात्रै उम्मेद्वारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको निर्वाचनको उम्मेद्वार बन्न अस्वीकार गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वार बन्नका लागि राखेको प्रस्ताव गौतमले अस्वीकार गरेका हुन्।

एक सचिवालय सदस्यले भने, 'अध्यक्षद्वयले राष्ट्रिय सभाको सदस्य बन्न प्रस्ताव गर्नुभयो। तर‍ उहाँले म जान्न भन्नुभयो।'

उनले थपे, 'उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको विभेद अन्त्य भए मात्रै उम्मेद्वार बन्छु भन्नुभयो।'

गौतमलाई यस अघि प्रतिनिधिसभाको रिक्त कास्की क्षेत्र नम्बर २ मा उम्मेद्वार बन्न प्रस्ताव गरिएको थियो। तर, गौतमले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

उता पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम भने बिहीवार बसेको बैठकमा नै टुंगिएको एक नेताले जानकारी दिए।

प्रवक्ता तथा प्रचार विभाग प्रमुख समेत रहेका श्रेष्ठ प्रतिनिधि सभामा गोरखा २ मा तत्कालिन नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईसँग पराजित भएका थिए। नेकपाले श्रेष्ठलाई गण्डकी प्रदेशबाट अन्य कोटामा राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell