PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विमानस्थलमा सुनसहित फेरि समातिए दुई जना, अस्पतालमा जाँच गर्दा पेटभित्र हीरा



विमानस्थलमा सुनसहित फेरि समातिए दुई जना, अस्पतालमा जाँच गर्दा पेटभित्र हीरा

काठमाडौं : अवैध सुनसहित प्रहरीले आज दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले भारतीय नागरिक मोहम्मद म्यादिन सथालि र किजाकेथिल नौसादलाई नियन्त्रणमा लिएको हो। मोहमदमाथि शंका लागेपछि सिनामंगलस्थित केएमसी अस्पताल लगेर जाँच गर्दा पेटभित्र ५ सय ग्रामको हीरा फेला परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनी मलेसियाबाट विमानमार्फत काठमाडौं ‌ओर्लिएका थिए।

त्यस्तै सारजाबाट आएका नौसादको साथबाट प्रहरीले ५ सय ग्राम सुन फेला पारेको हो। शनिवारमात्र प्रहरीले विमानस्थलबाट राहदानी नम्बर आर २६५३२५३ भएका मुसरफ परवेज र राहदानी नम्बर टी १४८८९७९ वाहक मोहद मतवलिपलाई नियन्त्रणमा लिएको थियो। एक किलो २ सय ग्राम सुनसहित उनीहरुलाई पक्रेको प्रहरीले जनाएको छ। 

गएको पाँच दिनमा मात्र सात जनालाई अवैध तरिकाले भित्र्याएको सुनसहित प्रहरीले पक्राउ गरेको छ। शुक्रवार प्रहरीले दुई भारतीय नागरिकलाई २ किलो सुनसहित भारत महाराष्ट्रका ३१ वर्षीय शुरेसलाल भारत र मुम्बईका ३९ वर्षीय गोपिचन्दन नवीनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell