PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिनियाँ नागरिक पक्राउ प्रकरण : जनही एक हजार रुपैयाँ जरीवाना



चिनियाँ नागरिक पक्राउ प्रकरण : जनही एक हजार रुपैयाँ जरीवाना
फाइल फोटो

काठमाडौं : काठमाडौंका विभिन्न स्थानका ९ वटा घरबाट साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँलाई एक हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने फैसला गरेको छ।

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालको इजलासले प्रत्येक चिनियाँ नागरिकलाई एक हजार रुपैयाँ जरीवाना तिराउने निर्णय गरेको हो। 'बयानपछि अभद्र व्यवहार देखिएकाले जनही १ हजार रुपैयाँ जरीवाना गर्ने फैसला भएको हो,' प्रमुख जिल्ला अधिकारी दाहालले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा पुस ७ गते १ सय २२ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरु विरुद्ध पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा ५ दिने म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवारमात्र अनुसन्धान सकाएर  जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो।

कार्यालयले आइतवार नै बयानपछि जरिवाना फैसला गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell