PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

को-स्टार किच्चा सुदीपलाई सलमानले दिए डेढ करोडको कार उपहार



को-स्टार किच्चा सुदीपलाई सलमानले दिए डेढ करोडको कार उपहार
Photo: Kiccha Sudeep/Twitter

नयाँ दिल्ली : बलिउड स्टार सलमान खानले आफ्ना सहकर्मीलाई बेलाबेलामा महँगो उपहार दिने गर्छन्। यो पटक सलमानबाट महँगो उपहार पाउनेमा ‘दबंग ३’का को-स्टार किच्चा सुदीप रहेका छन्। सलमानले किच्चालाई करिब डेढ करोड भारु पर्ने कार उपहारमा दिएका हुन्।

सलमानले किच्चालाई ‘बिएमडब्लु एम५’ दिएका छन्। किच्चाले सोसल मिडियामा सलमानले दिएको उपहारको फोटो सेयर गर्दै उनलाई धन्यवाद दिएका छन्।

 

किच्चाले ‘दबंग ३’मा मुख्य खलपात्र ‘बाली’को भूमिका निभाएका छन्। प्रभुदेवाद्वारा निर्देशित सो फिल्ममा सलमान भने इन्स्पेक्टर चुलबुल पाण्डेको रोलमा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell