PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

६ सय ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ



६ सय ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं : अवैध सुनसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले राहदानी नम्बर एल ११४३०९४ भएका तोसिद मोहमदलाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले ६ सय ग्राम सुन सहित उनलाई पक्राउ गरेको हो। उनी थाइ एयरमार्फत बैंकक हुँदै काठमाडौं आएका थिए। उनले मलद्वारमा सुन ल्याएको प्रहरीले जानकारी दिएको छ।

३३ किलो सुन प्रकरणपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको गृहमन्त्री रामबहादुर थापाले दावी गर्दै आए पनि सुन तस्करहरुले नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्दै आएको खुलेको छ। यसअघि मलद्वारमा राखेर, सुनलाई झोल बनाएर, टाँक बनाएर, जिब्रोमुनि राखेर समेत तस्करी हुने गरेको भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell