PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आउँदो इदका लागि सलमानको नयाँ फिल्म घोषणा, निर्देशकलाई लिएर फ्यानले उठाए प्रश्न



आउँदो इदका लागि सलमानको नयाँ फिल्म घोषणा, निर्देशकलाई लिएर फ्यानले उठाए प्रश्न

बलिउड अभिनेता सलमान खान एउटा फिल्म प्रदर्शन लगत्तै नयाँ प्रोजेक्ट घोषणा गर्नमा माहिर छन्। फिल्म 'दबङ्ग ३' प्रदर्शनपछि भने उनका फ्यान नयाँ काम बारे अनविज्ञ थिए।

शुक्रबार सलमानले नयाँ फिल्म घोषणा गरेका छन्। सन् २०२० को रिलिज टार्गेट गर्दै फिल्म 'कभी इद कभी दिवाली' बारे ट्वीटरमार्फत् जानकारी दिएका हुन्। 

साजिद नाडियावालाले आफै लिखित कथामा निर्माण गर्न लागेको फिल्मलाई फर्हाद साम्जीले निर्देशन गर्नेछन्। फर्हादले यसअघि हाउसफुलको चौथो संस्करण गरेका थिए। प्राय कमेडी जनरमा काम गरेका साम्जी समीक्षात्मक हिसाबमा राम्रो प्रतिक्रिया पाएका निर्देशक होइनन्। उनका शिवा, सन्डे, डबल धमाल, चेन्नइ एक्सप्रेस, सिंगमका दुई संस्करण निर्देशनले बक्सअफिसमा भने राम्रै प्रदर्शन गरेका थिए।

सलमानका अधिकांश फ्यानले भने साम्जीको निर्देशनमा काम गर्नुलाई गलत निर्णयको संज्ञा दिएका छन्। कतिले भने इदका लागि डेट बुक गर्न हतारमा निर्णय लिएको भन्दै उनलाई मेन्सन गरेका छन्। 

सलमान खानको 'राधे- योर मस्ट वान्टेड भाइ' पनि निर्माण घोषणा भइसकेको छ। फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell