PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टिपरले किच्नुअघि दिलीपको दाहिने कोखमा हानेर अचेत बनाइएको थियो : प्रहरी



टिपरले किच्नुअघि दिलीपको दाहिने कोखमा हानेर अचेत बनाइएको थियो : प्रहरी

  • सुमित मिश्र-

जनकपुरधाम : शुक्रवार बिहान धनुषाको मिथिला नगरपालिकामा भएको दिलीप भनिने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ। शनिवार राति ९ बजे पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले २४ वर्षीय दिलिपलाई लिभरले दाहिने कोखमा हानेर अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेर हत्या गरिएको जनाएको छ।

प्रहरीले दिलीपको हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-५ बस्ने २७ वर्षीय क्रसर सञ्चालक बिपिन कुमार महतो, सोही स्थान बस्ने २७ वर्षीय रोशन कुमार यादव, महोत्तरी बर्दिबास नगरपालिका-९ बस्ने ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो र महोत्तरी बर्दिबास नपा-२ बस्ने २४ वर्षीय लोडर चालक जितेन्द्र कुमार महतो रहेका छन्। प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा गिटी चोरी गरिरहेको थाहा पाएपछि दिलीप र रोशन गयोे, टिपर चालकसँग केही बेर भनाभन भयो र सोही क्रममा लिभरले दाँहिने कोखमा हानी अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो।’

घटनामा संलग्न व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell