PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

युक्रेनी विमानमा इरानी मिसाइल आक्रमणको विरोध, प्रदर्शनकारीहरुलाई ट्रम्पको समर्थन



युक्रेनी विमानमा इरानी मिसाइल आक्रमणको विरोध, प्रदर्शनकारीहरुलाई ट्रम्पको समर्थन
फोटो : BBC

इरानको सेनाले प्रहार गरेको मिसाइल लागेर विमान दुर्घटना भएपछि तेहरानमा विरोध प्रदर्शन भएको छ। इरानले इराकमा रहेको अमेरिकी सेनाको शिविरमा मिसाइल आक्रमण गरेको थियो। त्यसको केही समयपछि इरानमा नै युक्रेनी विमानको दुर्घटना भएको थियो।

१७३ यात्रु सवार उक्त विमान दुर्घटनामा इरानले पहिला आफू जिम्मेवार नभएको बताएपछि शनिवार भने इरानले 'मानवीय त्रुटि' का कारण विमानमा गल्तीले मिसाइल प्रहार गरिएको स्वीकार गरेको थियो।

त्यसैको विरोधमा इरानका विश्वविद्यालय बाहिर प्रदर्शन भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त प्रदशर्नलाई समर्थन पुग्ने गरी ट्वीट गरेका छन्।

फारसी भाषामा ट्वीट गर्दै ट्रम्पले  इरान सरकारले इरानी जनताले गरिरहेको प्रदर्शनको निरीक्षण गर्न मानव अधिकार समूहहरुलाई स्वीकृती दिनुपर्ने माग गरेका थिए। यस्तै उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका मानिसहरुको मृत्यु भएको फेरि हेन नचाहेको भन्दै उनले विश्वले इरानलाई हेरिरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell