PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इराकस्थित अमेरिकी सैन्य क्याम्पमा फेरि रकेट आक्रमण, ४ इराकी सैनिक घाइते



इराकस्थित अमेरिकी सैन्य क्याम्पमा फेरि रकेट आक्रमण, ४ इराकी सैनिक घाइते
फोटो : VIA @HOSSEINDALIRIAN

इराकमा अमेरिकी सेनाको आधार शिविरमा फेरि रकेट आक्रमण भएको छ। अमेरिकी सेनाको शिविर रहेको बगदादको उत्तरी क्षेत्रस्थित हवाई बेस क्याम्पमा आक्रमण भएको अलजजिराले जनाएको छ।

उक्त आक्रमणमा ४ जना इराकी सैनिक घाइते भएको बताइएको छ।

बलाद एयरबेसमा रहेका अमेरिकी सेनाले आक्रमण हुनुअघि नै सो स्थान छाडिसकेको बुझिएको छ। रकेटबाट एयरबेसको प्रवेशद्वार र क्याम्पमा आक्रमण भएको बताइएको छ। घाइते भएका सैनिक उक्त एयरबेसको प्रवेशद्वारामा ड्युटीमा थिए।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। केही दिन अघिमात्रै इरानले इराकमा रहेको अमेरिकी आधार शिविरमा आक्रमण गरेको थियो। सो आक्रमणमा ८० जना अमेरिकी मारिएको इरानी मिडियाले दाबी गरेका थिए। तर अमेरिकाले भने मानविय क्षति नभएको बताएको थियो।

अमेरिकी हवाई आक्रमणमा इरानी मेजर जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरानले बदला स्वरुप उक्त आक्रमण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell