PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पञ्जावमा सनी देओलको खोजी, निर्वाचन क्षेत्रमा नआएको भन्दै टाँसियो पोस्टर



पञ्जावमा सनी देओलको खोजी, निर्वाचन क्षेत्रमा नआएको भन्दै टाँसियो पोस्टर
फोटो : ANI

भारतको पञ्जावमा भारतीय जनता पार्टीका सांसद रहेका अभिनेता सनी देओलको अहिले खोजी भइरहेको छ। पञ्जावको गुरदासपुरबाट लोकसभामा निर्वाचित भएका देओल आफ्नो निर्वाचन क्षेत्र नआएको भन्दै त्यहाँका स्थानीयले उनको खोजी सुरु गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

स्थानीयले 'सनी देओल लापता',' गुमशुदा का तलाश एमपी सनी देओल' लेखेर शहरभर पोस्टर लगाएका छन्। सनी निर्वाचित भएपछि पंजाबमा नदेखिएको भन्दै पोस्टर टासिँएका हुन्।

संसद बैठकमा समेत सनीको उपस्थिति थोरै रहेको भन्दै आलोचना हुँदै आएको छ। संसदको पहिलो सेसनमा सनी २८ दिन अनुपस्थित रहेका थिए भने उनी संसदीय समितिमा समेत अनुपस्थित रहँदै आएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell