PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिलिपिन्समा टाल ज्वालामुखी विस्फोट हुनसक्ने, लाभा निस्किँदा भूकम्पको धक्का



फिलिपिन्समा टाल ज्वालामुखी विस्फोट हुनसक्ने, लाभा निस्किँदा भूकम्पको धक्का
फोटो : PHIVOLCS

फिलिपिन्समा सक्रिय ज्वालामुखी विस्फोट हुने खतरा बढ्दै गएको छ। मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट लाभा निस्कन सुरु भएपछि जुनसुकै बेलापनि ज्वालामुखी विस्फोट हुन सक्ने चेतावनी दिइएको छ।

अधिकारीहरुले विस्फोटन निकै डरलाग्दो हुने भन्दै ज्वालामुखी रहेको क्षेत्रमा बस्दै आएका करिब ८ हजार मानिसलाई सुरक्षित स्थान तर्फ सारिएको बताएका छन्।

लाभा निस्किन सुरु भएसँगै जमिन हल्लिन थालेको बताइएको छ। हालसम्म टाल ज्वालामुखी रहेको क्षेत्रमा ७५ वटाभन्दा धेरै भूकम्प गइसकेको छ।  

फिलिपिन्समा सक्रिय रहेको ज्वालामुखीमध्ये टाल ज्वालामखी दोस्रोमा पर्छ। गएको ४ सय ५० वर्षमा उक्त ज्वालामुखी करिब  ३४ पटक विस्फोट भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell