PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलोपटक भारत भ्रमणमा आउँदै अमेरिकी राष्ट्रपति ट्रम्प



पहिलोपटक भारत भ्रमणमा आउँदै अमेरिकी राष्ट्रपति ट्रम्प
फोटो : PA

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरीमा भारत भ्रमणमा आउने भएका छन्। एक भारतीय उच्च अधिकारीको भनाईलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था ब्लुमबर्गले ट्रम्पको भारत भ्रमण योजनाबारे समाचार प्रकाशन गरेको छ।

महाभियोग ट्रायलमा रहेका ट्रम्पको यस भ्रमणबारे ह्वाइटहाउसले अर्को हप्ता घोषणा गर्ने बताइएको छ। ट्रम्प भारतमा आएमा यो उनको पहिलो भ्रमण हुनेछ। यसअघि गत वर्ष भारतको गणतन्त्र दिवसमा आउने कार्यक्रम तय भएपनि ट्रम्प आएनन्। 

गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका बेला ट्रम्प र मोदी हातमा हात मिलाएर हिँडेका थिए। यो भ्रमणलाई उपयुक्त समय भएको ती अधिकारीले जनाएका छन्। 

अमेरिका र भारतको पारस्पारिक सम्बन्ध बलियो बनाउन भ्रमण फलदायी हुने बताइएको छ। भ्रमणका बेला दुई देशबीच लामो समयदेखि रोकिराखेको द्विपक्षीय व्यापार सम्झौतामा छलफल हुने सम्भावना रहेको छ। त्यसैगरी वायु सेवाबारे पनि सम्झौता हुने भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell