PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चीनको ट्वीट कुटनीति: के यो 'ट्रम्प इफेक्ट' हो ?



चीनको ट्वीट कुटनीति: के यो 'ट्रम्प इफेक्ट' हो ?

चीनमा फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल प्रतिबन्धित छन्। देश भित्र चलाउन रोकिएपनि देश बाहिर यही सामाजिक संजाल चिनियाँ कुटनीतिको नयाँ आवाज बनेको छ।

चीन सरकारले विशेषगरी ट्वीटरको माध्यमबाट विश्वसामु आफ्नो धारणा र राजनीतिक दर्शनलाई स्थापना गर्ने प्रयास गरिरहेको छ। त्यसका लागि चीनको कम्युनिष्ट सरकारले विदेश मन्त्रालय र सैन्य कुटनीतिज्ञहरुलाई विश्वमाझ आफ्नो नीतिको बचाउ गर्न स्वीकृति दिएको छ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीको ट्वीटरमा सक्रियता यसको उदाहरण हो। यस्तै अफ्रिका र बेलायतका लागि चिनियाँ राजदूतहरु समेत ट्वीटरमा सक्रिय भएका छन्। बेलायतका लागि चिनियाँ राजदूत लु सीमिङले हुवावेको बचाउ समेत गरेका थिए।

यी ट्वीटर अकाउन्ट खोलिएको धेरै भएको छैन। यद्यपि, चीनका एक दर्जनभन्दा धेरै कुटनीतिज्ञले ट्वीटर मार्फत चीनको प्रतिनिधित्व गरिरहेका छन्।

 

२०१९ को अक्टोबरमा चीनले आफ्नो 'ट्वीपलोमेसी' आधिकारिक रुपमा सुरु गरेको घोषणा गर्‍यो ।विदेश मन्त्रालयको अकाउन्ट ट्वीटर अकाउन्ट खोलेर।

अस्ट्रेलियामा निर्वासनमा रहेका पूर्व चिनियाँ जासूस वाङ लियाङका बारेमा गरिएको ट्वीटलाई धेरैले हाँसोमा समेत उडाएका थिए।

चिनियाँ कुटनीतिज्ञहरुले ट्वीटरबाटै आफ्ना आलोचकहरुलाई उत्तर फर्काउन समेत सुरु गरिसकेका छन्। गत वर्ष विदेश मन्त्रालयका जीओ लिजियानलाई नश्लवादी टिप्पणी गरेका संयुक्त राष्ट्रसंघका अमेरिकी राजदूतसँग अनलाईनमा नै भिडेका थिए।

मुस्लिम अल्पसंख्यक र हङकङको विषयलाई लिएर चीनको विश्वभर आलोचना भइरहँदा चीन ट्वीटरमा आएको विश्लेषकहरुको बुझाइ छ।

बेलायतको लिड्स विश्वविद्यालयका प्रोफेसर युआन जेङ भन्छन्, ' चिनियाँ कुटनीतिज्ञ र मिडियाले विश्वमाझ आफ्नो आवाज पुर्‍याउन निकै संघर्ष गरेको छ। चीनको वास्तविक अडानका बारेमा बुझाउन यो कदम चालिएको हो।'

उनी यसलाई 'ट्रम्प इफेक्ट' को संज्ञा दिन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा निकै सक्रिय छन्। उनी ट्वीटरबाटै आफ्ना आलोचकहरुलाई कडा जवाफ दिन्छन्।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर वेनफाङ टाङ भन्छन्,' बेइजिङलाई थाहा छ कि ट्रम्प सामाजिक संजालमा पपुलर छन्। मिडियाले उनको ट्वीटकै आधारमा समाचार बनाउछन्। त्यसैले चीन पनि ट्वीटरमार्फत आफ्नो आवाज बलियो बनाउने पक्षमा उभिएको हो। यो ट्रम्प इफेक्ट नै हो।'

सन् २०१८ को सुरुवाती दिनसम्म चीनका कुटनीतिज्ञहरु सामाजिक संजालमा त्यति सक्रिय हुँदैन थिए। धेरैजसो कुरा चीनको सरकारी मिडियाबाट प्रसारण गरिन्थ्यो।

तर, अहिले परिस्थिति बदलिएको छ। बढ्दो सामाजिक,राजनीतिक र आर्थिक तनावलाई मध्यनजर गर्दै चीन कुनै प्रकारको चुनौती बेहोर्ने पक्षमा छैन।

यसलाई कुटनीतिज्ञहरुले राष्ट्रपति सी जिनपिङप्रति आफ्नो वफादारित प्रस्तुत गर्ने माध्यम बनाएको टिप्पणी समेत गरिएको छ। 

चीनले ट्वीटर अकाउन्ट खोल्दा नै आफ्नो नीति स्पष्ट गरिसकेको छ। अरु राष्ट्रहरुसँग संचार गर्न र चीनको वर्तमान अवस्था र नीतिका बारेमा बताउन ट्वीटर प्रवेश गरेको चीनले बताइसकेको छ।

गत सोमबार विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङाईलाई आफ्नै देशमा ट्वीटर चलाउन नदिने तर मन्त्रालयबाट नै यसको प्रयोग गरिएको बारेमा प्रश्न सोधिएको थियो।

उनले उत्तर दिए,'  हाम्रोमा विश्वमा नै धेरै इन्टरनेट प्रयोगकर्ता छन्। त्यही समयमा हामीले कानून अनुसार इन्टरनेटको व्यवस्थापन गरेका छौं। चिनियाँ इन्टरनेट सबैका लागि खुल्ला छ। बांकी सबै प्रोपागन्डा हुन्।'

नेपालमा यान्छीको सक्रियताले पनि चीन ट्वीट कुटनीतिमा उत्रेको प्रस्ट हुन्छ। यान्छीसँगै ट्वीटरमा सक्रिय छन् अमेरिकी राजदूत र्‍यान्डी बेरी। दुवैजना अहिले भिजिट नेपाल २०२० को प्रचार गरिरहेका छन् ट्वीटरबाटै।

आउने दिनमा चीन आफ्नो वैदेशिक नीतिमा फेरबदल गर्ने पक्षमा देखिन्छ। त्यसको सुरुवात ट्वीटर नै हुनसक्ने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell