PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कश्मीर क्षेत्रमा हिमपहिरो : ६२ जनाको मृत्यु



कश्मीर क्षेत्रमा हिमपहिरो : ६२ जनाको मृत्यु
फोटो : AFP

पाकिस्तान अकुपाइड कश्मीर (पीओके) मा हिमपहिरो जाँदा ६२ जनाभन्दा धेरैको मृत्यु भएको छ। विगत तीन दिनयता पहिरो गइरहँदा धेरै मानिस वेपत्ता भएको अधिकारीहरुले बताएका छन्।

हिमपहिरोले पाकिस्तानसहित भारत र अफगानिस्तानमा समेत प्रभाव पारेको छ। पाकिस्तानको बलोचिस्तानमा २० जनाको मृत्यु भएको छ भने भारतको नियन्त्रणमा रहेको जम्मू कश्मीरमा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ।

अफगानिस्तानमा पनि हिमपहिरोका कारण २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन्।

पहिरोका कारण करिब एक सयवटा घरहरु क्षति भएको र हजारौं मानिस विस्थापित भएका छन्।

मौसम अझै प्रतिकूल रहेकोले उद्धार र राहतको कार्य गाह्रो भइरहेको अधिकारीहरुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell